रास्वपाले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई दुई दिन प्रशिक्षण दिने
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई दुई दिन प्रशिक्षण दिने भएको छ । प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई वैशाख २६ र २७ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको जानकारी दिए।
संसदीय दलको सभाकक्ष सिंहदरबारमा बिहान ११ बजेदेखि २ दिने प्रशिक्षणको आयोजना गर्ने तय भएको उनको भनाई छ। प्रशिक्षणमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
कतिपय विषयमा रास्वपाका सांसद् विवाद आउन थालेको र बजेट अधिवेशन चल्न लागेकाले रास्वपाले प्रशिक्षण दिन लागेको हो। यस अगाडि पनि रास्वपाले सांसदका लागि प्रशिक्षणको आयोजना गरेको थियो।
