यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक
काठमाडौं । आइसीसी पुरष क्रिकेट विश्वकप लिग २ मा यूएईविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५२ बलमा अर्धशतक पूरा गरेका हुन् ।
सो क्रममा उनले ८ चौका प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा यो उनको आठौं अर्धशतक हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३६ ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको छ ।
