सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन्।
समितिको सभापति पदमा खड्कालाई निर्वाचित गरियो भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। सभापति पदका लागि कांग्रेस सांसद खड्काले बिहीबार मनोनयन दर्ता गराएका थिए।
