सुनचाँदीको भाउ बढ्यो
काठमाडौँ- नयाँ बर्षको दोस्रो काराेबार दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार रुपैयाँले बढेको छ भने चाँदी ३२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ बढेर तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको छ ।
गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९०० मा कारोबार भएको थियो ।
