मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज तेस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।
