कांग्रेस संसदीय दलको नेता चैत २४ गते चयन हुने
काठ्माण्डौ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो।
बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।
अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्।
