प्रधानमन्त्री कप : आसिफ शेखको अर्धशतकमा कर्णालीमाथि एपीएफको जित
काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा शनिबार भएको खेलमा १०८ रनको लक्ष्य एपीएफले कुनै विकेट नगुमाई १२ ओभरमा पूरा गरेको हो । एपीएफको यो दोस्रो जित हो ।
एपीएफका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । आसिफ ३८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ६५ मा नटआउट रहे। दीपक बोहरा ४२ रनमा नटआउट रहे ।
पहिले ब्याटिङ गरेको रोजेको कर्णाली ३६ ओभरमा १०७ रनमा अलआउट भएको हो ।
कर्णालीका लागि अर्जुन घर्ती ३८ रनमा नटआउट रहे । दीपेन्द्र रावतले २५, रविनद्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाए ।
एपीएफका लागि कमल ऐरी रअभिषेक गौतमले ४–४ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।
