अर्थले तोक्यो बजेट लेखनको टिम, को-को छन् समितिमा?
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि अर्थमन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी जेठ १५ गते प्र्स्तुत गर्ने बजेट भाषण लेखन समितिको संयोजक रमजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचसव उत्तर खत्रीलाई तोकिएको छ।
समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने, आयोजना तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा सहयोग गर्ने र संसदमा पेस गरिने विनियोजन विधेयकको मस्यौदा तयार गर्ने काम सम्हाल्नेछ।
यसैगरी, समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटको सम्पूर्ण मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारी पनि पाउनेछ।
समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरू सदस्य रहेका छन्।
समितिका सदस्यहरूमा सहसचिवहरू सुमन दाहाल, धानिराम शर्मा, महेश भट्टाराई र शिवनन्द पोखरेल रहेका छन्।
राष्ट्रिय योजना आयोगले आगामी वर्षको लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ।
