राजनीतिक आस्था फरक भए पनि देश एउटै हो : भिष्मराज आङदेम्बे
काठमाडौं : नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले अहिलेको संसदले नागरिकमा नयाँ आशा जगाउन सक्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारबाट सुरु भएको वैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले प्रतिनिधिसभामा सहभागी सदस्यहरुको आवद्धता र राजनीतिक आस्था फरक–फरक भए पनि देश एउटै भएको बताए ।
उनले भने, ‘त्यसैले देश डुबे सँगै डुब्छौं, उठे सँगै अगाडि बढ्छौं ।’ उनले अब विगतका गल्तीहरुबाट पाठ सिक्दै यो संसदले सबै एक भएर देश विकासका लागि अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए । उनले कांग्रेसले नविनतामा निरन्तरताको मान्यता राख्ने भएकाले जेनजीको माग निष्कर्षमा पुर्याउन कांग्रेस खबरदारी गर्न प्रतिवद्ध रहेको बताए ।
