ओलीको रिट पोखरेल र लेखकको रिट रेग्मीको इजलासमा

द एभरेष्ट पोष्ट
१६ चैत २०८२ १२:३४
ओलीको रिट पोखरेल र लेखकको रिट रेग्मीको इजलासमा

जेनजी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार रहेको भन्दै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज (सोमबार) सुनुवाइ हुँदैछ।

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै दुवै पक्षले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइका लागि ओलीको हकमा न्यायाधीश मेघराज पोखरेल र लेखकको हकमा न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।

भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगको सिफारिसमा सरकारले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस