सुनको भाउ २ हजार ५०० रुपैयाँले घट्यो

द एभरेष्ट पोष्ट
१६ चैत २०८२ ११:२४
सुनको भाउ २ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ- आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस