प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई हरायो

द एभरेष्ट पोष्ट
८ चैत २०८२ १६:५७
प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई हरायो

काठामाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्बलले विजयी सुरुवात गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो ।

एपीएफले दिएको २७२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमती ४५.१ ओभरमा २०० रनमा अलआउट भएको हो ।

३१.४ ओभरमा ९ विकेट गुमाएर बागमतीले १४७ रन बनाएको थियो । बागमतीका लागि १०औँ विकेटका लागि रिजन ढकाल र सुवास खत्रीले ४७ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त हुन सकेन । अमर रौटेलाले सुवासलाई २७ रनमा आउट गरे । रिजन २० रनमा नटआउट रहे ।

बागमतीका लागि विवेक मगरले ३४ र उत्तम मगरले २६ रन बनाए । शिवम तिवारीले २५ र इशान पाण्डेले १७ रन जोडे ।

एपीएफका लागि अभिषेक गौतम र रोहित पौडेलले ३–३ विकेट लिए । कमल ऐरी, नन्दन यादव र युवराज खत्री र अमर रौटेलाले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २७१ रन बनाएको थियो ।

एपीएफका लागि ओपरन आसिफ शेखले शतकीय पारी खेले । उनले १०५ बलमा १४ चौका  ३ छक्का प्रहार गर्दै ११४ रनको योगदान गरे । जारी पीएमकपमा यो पहिलो शतकसमेत हो ।

सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ५३ बलाम ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

लोकेश बमले २९ रन बनाउँदा युवराज खत्री २६ रनमा नटआउट रहे । सुमित महर्जनले १८ रन बनाए ।

बागमतीका लागि रिजन ढकालले ४ विकेट लिए । इशान पाण्डेले २ तथा सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट लिए । यो सन्दीप लामिछानेको डेब्यू पीएम कप खेलसमेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस