आसिफको शतकीय पारीमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
८ चैत २०८२ १३:०६
आसिफको शतकीय पारीमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं- प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता २०२६ मा ओपनर ब्याटर आसिफ शेखको शतकीय पारीमा एपीएएफ क्लबले बागमती प्रदेशलाई २७२ रनको विजयी लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७१ रन बनाएको हो । एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले ११४ रनको शतकीय पारी खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । उनी प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता २०२६ मा शतकीय पारी खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन्दीप जोराले ५२ रनको अर्धशतीय पारी खेले । सुमित महर्जतनले १८, लोकेश बमले २९ रन बनाउँदा युवराज खत्री र कमल सिंह ऐरी क्रमशः २६ र ३ रनमा अविजित रहे । बागमती प्रदेशको लागि बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ विकेट लिए । इशान पाण्डेले २ विकेट लिँदा सोनु देवकोटा र मप्तान सन्दीप लामीछानेले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस