१३ चैतमा बालेन्द्रले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने
काठमाडौँ,५ चैत ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैत प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीवार भएको छलफलपछि वरिष्ठ नेता बालेन्द्रले चैत १३ गते राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् ।
शीर्ष नेताहरुबीच भएको सहमती अनुसार १२ चैतमा सांसदले शपथ लिनेछन् । त्यसको भोलिपल्ट शाहले प्रधानमन्त्रीको शपथ लिनेछन् । १५ गते मन्त्रीमण्डल गठन हुनेछ ।
मन्त्रालयको संख्या १५ कायम गर्ने समेत नेताहरुबीच समझादारी कायम भएको छ ।
