इनिशा विक हत्या प्रकरण, दोषीलाई कडा कारबाहीको माग गर्दै नेपाल महिला संघ कैलालीद्वारा ज्ञापन पत्र

द एभरेष्ट पोष्ट
२ चैत २०८२ १३:३९
इनिशा विक हत्या प्रकरण, दोषीलाई कडा कारबाहीको माग गर्दै नेपाल महिला संघ कैलालीद्वारा ज्ञापन पत्र

कैलाली- १६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार तथा हत्या घटनाको विरोधमा नेपाल महिला संघ कैलालीले सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र बुझाएको छ।नेपाल महिला संघ कैलालीकी अध्यक्ष शारदा सुनामको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका घर भई हाल बिरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी तथा स्थानीय वालवाटिका स्कुलमा अध्ययनरत १६ वर्षीया इनिशा विकमाथि भएको जघन्य अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

ज्ञापन पत्रमार्फत महिला तथा बालिकामाथि बढ्दै गइरहेका हिंसा, बलात्कार र हत्या जस्ता घटनाले समाजमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी पीडित परिवारलाई छिटो न्याय दिलाउन तथा भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन राज्यका सबै निकाय जिम्मेवार र प्रभावकारी रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ।

नेपाल महिला संघ कैलालीले देशका विभिन्न स्थानमा इनिशा विकको न्यायका लागि भइरहेका आन्दोलन तथा विरोध कार्यक्रमप्रति पूर्ण ऐक्यबद्धता समेत जनाएको छ।

ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमार्फत जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस