रास्वापाले नवनिर्वाचित सांसदलाई २ दिन तालिम दिने
काठमाडौं । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण गर्ने भएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत ३ र ४ गते काठमाडौंमा दुईदिने अभिमुखीकरण गर्न लागिएको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जितेको छ । रास्वपाबाट निर्वाचति केही सांसदहरू मात्र दोस्रोपटक संसद् पुगेका हुन् । रास्वपामा धेरै सांसदहरू पहिलोपटक संसद् पुगेकाले उनीहरूलाई पार्टीको धारणा र संसदीय अभ्यासबारे अभिमुखीकरण गरिने रास्वपाले जनाएको छ ।
प्रत्यक्षतर्फको अबै १६५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ पनि दलहरूले निर्वाचित गर्न निर्वाचन आयोगलाई आफूले पाएको सिट संख्याअनुसार नाम सिफारिस गरिसकेका छन् । अब निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नाम घोषणा गर्नेछ । र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्री घोषणा गरेकाले उनी नै प्रधानमन्त्री बन्ने पक्काजस्तै छ ।
