राप्रपाले छान्यो चार समानुपातिक सांसद

द एभरेष्ट पोष्ट
१ चैत २०८२ १६:२६
राप्रपाले छान्यो चार समानुपातिक सांसद

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो ।

पार्टी कार्यालयमा बसेको वैठकले खस–आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस–आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छनोट गरेको छ । छनोट गरिएको सूची आजै निर्वाचन आयोगको कार्यालयलाई बुझाइने जनाएको छ । राप्रपाबाट एक जना उम्मदवार मात्र प्रत्यक्षमा निर्वाचित भएका छन् ।

यसैबीच सबैजसो दलहरुले समानुपातिक सांसद छान्ने प्रक्रिया टुङ्गो लगाउँदैछन् । नेकपा एमालेले यसअघि नै १६ समानुपातिक सांसद छानिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नै ५७ जना समानुपातिक सांसदको टुङ्गो लगाएको छ । श्रम सँस्कृतिले पनि चार जना समानुपातिक सांसद छानिसकेको छ । नेपाली कांग्रेसले पनि आजै १५ महिला र पाँच पुरुषसहित २० समानुपातिक सांसद छानेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आजै नौं जना समानुपातिक सांसद छनौट गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस