ललितपुर–२ मा रास्वपाका जगदीश खरेल ३२ हजार बढी मतान्तरले विजयी
ललितपुर : प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार ललितपुर निर्वाच क्षेत्र नम्बर–२ मा जगदीश खरेल ३२ हजार बढी मतान्तरसहित विजयी भएका छन् ।
घण्टी चुनाव चिन्हका खरेल ३९ हजार ४९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७,४२० मत ल्याएका छन् । महर्जन भन्दा खरेलले ३२ हजार ७१ मत बढी ल्याएका छन् ।
यस्तै लतिलपुर–२ मा उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५,५४७, नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४,५३६, राप्रपाका रघुराज थापाले १७६०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राजेन्द्र अमात्यले १,२१७ मत ल्याएका छन् ।
