बैतडी– १ मा रास्वपाका हरिमोहन भण्डारी विजयी
बैतडी– बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गरे । कांग्रेसका चन्दले १८ हजार १९४ मत प्राप्त गरे ।
