कोमल ज्ञवाली : दलभित्रकै चुनौती चिरेर विजयी
कैलाली- काठमाडौं र कैलालीको व्यवसायिक धरातलबाट राजनीतिमा होमिएकी कोमल ज्ञवालीले संसदीय निर्वाचनको पहिलो प्रयासमै कैलाली–१ बाट सानदार विजय हासिल गरेकी छन् ।
रास्वपाबाट वैकल्पिक राजनीतिको झण्डा बोकेर उनी चुनावी मैदानमा उत्रिएकी थिइन् । ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिद्वन्द्वी जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् ।
यस्तै, टिकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेका रामलाल डंगौराले ८ हजार ३९२ मत पाएका छन् । एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरे । यो क्षेत्रमा कुल १ लाख ७ हजार ७५७ मतदाता छन् भने ५१ हजार ६१ मत खसेको थियो ।
निर्वाचनको घोषणा हुादा कोमलका लागि त्यति सहज थिएन । पार्टीभित्रैका पुराना र संगठन निर्माणमा खटिएका इञ्जिनियर प्रकाश विष्टको दावेदारीकाबीच केन्ऽले ज्ञवालीलाई सुम्पिएको टिकटले रास्वपाभित्र ठूलै भुइाचालो ल्याएको थियो । दलकै नेता–कार्यकर्ताको विरोध उनका लागि ठूला चुनौती थिए । तर, ती तमाम असन्तुष्टि र आन्तरिक कलहलाई कार्यकुशलता र स्पष्ट एजेन्डाले चिर्दै ज्ञवालीले अन्ततः मतदाताको मन जित्न सफल भइन् ।
२०३५ सालमा कैलालीको टीकापुरमा जन्मिएकी कोमलको शैक्षिक र व्यावसायिक पृष्ठभूमि नै उनको जितको एउटा मुख्य कडी बन्यो । व्यवस्थापनमा स्नातक उनले ५ वर्षदेखि कृषियन्त्र र बीउबिजनको व्यवसाय गर्दै आएकी थिइन् । राजनीतिलाई सेवा र पेशालाई स्वावलम्बन मान्ने उनको दृष्टिकोणले मतदातालाई आकर्षित गर्यो । नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय कोषाध्यक्ष भएर राजनीतिको प्रारम्भिक पाठ सिकेकी उनी लक्ष्मण चौधरीसागै रास्वपा प्रवेश गरेकी थिइन् ।
भ्रष्टाचार शून्य प्रशासनबारे उनले हरेक घरदैलोमा गरेको प्रतिबद्धता नै युवा र सचेत मतदाता तान्ने मुख्य अस्त्र बन्यो । कृषि र थारु संस्कृतिलाई जोडेर रोजगारी सिर्जना गर्ने उनको योजनाले स्थानीयमा आशा जगायो ।
वरिष्ठ नेता बालेन शाह र रास्वपा सभापति रवि लामिछानेप्रतिको क्रेज र नयाा शक्तिप्रतिको विश्वासलाई पनि उनले आˆनो पक्षमा कुशलतापूर्वक प्रयोग गरिन् ।
कैलाली–१ थारु बाहुल्य र पहिचानको राजनीतिको केन्द्र मानिन्छ । यहाँबाट निर्वाचित भएपछि ज्ञवालीका सामु चुनौती र अवसर दुवै छन् । एकातिर उनले आफ्नो क्षेत्रको सांस्कृतिक पर्यटन र कृषि प्रशोधन, उद्योगको प्रवर्द्धन गर्नुछ भने, अर्कोतिर पार्टीले उठाएको भ्रष्टाचार विरोधी अभियानलाई संसदमा सशक्त ढंगले उठाउनु छ । सँगै कैलाली–१ को थारु संस्कृति र पहिचानको मुद्दालाई पनि सशक्त बनाउनु पर्नेछ ।
ज्ञवालीले आफ्नो विजयलाई व्यक्तिगत सफलताभन्दा पनि क्षेत्रबासीको परिवर्तनप्रतिको तीव्र चाहनाको रूपमा व्याख्या गरेकी छिन् । निर्वाचन परिणामपश्चात् उनले यो जित आमनागरिकको आशा र भरोसाको प्रतिफल भएको बताइन् ।
निर्वाचनको सुरुवाती चरणमा पार्टीभित्र देखिएका केही आन्तरिक मतभेदहरूलाई उनले सहज रूपमा लिएकी छिन् । ईन्जिनियर प्रकाश विष्टको दावेदारीका कारण स्थानीय कार्यकर्ताहरूमा केही द्विविधा देखिए पनि त्यसलाई एउटा ‘मिस–अन्डरस्ट्यान्डिङ’ (गलत बुझाइ) को रूपमा लिँदै स्थानीय टिमसँगको संवादमार्फत हल गरिएको बताइन् ।
प्रत्यक्षतर्फ निर्वाचित भएर उनले महिलाहरू केवल समानुपातिक कोटाका लागि मात्र हुन् भन्ने परम्परागत धारणालाई समेत चुनौती दिएकी छिन् । राजनीतिमा आउन चाहने महिलालाई आत्मबल प्रदान गर्दै उनले भनिन्, ‘हामी कमजोर छैनौं, मिहिनेत र लगनका साथ अगाडि बढे लक्ष्यप्राप्ति सम्भव छ ।’ उनले आफूलाई विश्वास गरेर चुनावी मैदानमा उतारेकोमा पार्टी सभापति रवि लामिछाने र केन्द्रीय नेतृत्वलाई धन्यवाद समेत ज्ञापन गरेकी छन् ।
