बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि

द एभरेष्ट पोष्ट
२३ फागुन २०८२ १३:५२
बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि

बैतडी– बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  भण्डारीले मतान्तर बढाउँदै अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ७ हजार ६५४ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ७ हजार ४२१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २३३ रहेको छ।

यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले  ६ हजार १७९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले २ हजार ९०८ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्दले ५५९ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का राम बहादुर कुँवरले १३७ मत ल्याएका छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस