कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तरले अगाडि

द एभरेष्ट पोष्ट
२३ फागुन २०८२ ५:५२
कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तरले अगाडि

यशोदा शर्मा,

कैलाली, २३ फागुन ।

प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ का रासोपा उम्मेदवार कोमल ज्ञवाली ४००० मतसहित अग्रस्थानमा छिन् । उनले १९९५४ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जनकराज चौधरीले ७४६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ५,८ ४२ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ३६०६ र स्वतन्त्र फागुराम चौधरीले २५६५ मत ल्याएका छन्। फागुरालाई नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ ।

कैलाली क्षेत्र नम्बर २ मा पनि रास्वपाको अग्रता कायमै छ। यो क्षेत्रमा ९०० मतले केपी खनाल अनि प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका सूर्यबहादुर थापाले १८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १५५१ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साँउदले १४३३ र नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले १०४२ मत ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा रास्वपाका जगत जोशी २ हजार ४१७ मतले अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६ हजार ८०९ मत ल्याउँदा नागरिक उन्मुक्ति नेपालका विक्रम चौधरीले ४ हजार ९६ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका भीम बडुवालले ३,६७० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५४६ मत ल्याएका छन्।

कैलाली ४ मा पनि रास्वपा २४३५ मतको फराकिलो अन्तरले अगाडि छ । रास्वपाका खेमराज कोइरालाले ४४३० मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोरख बिष्टले १९९५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका लेखराज भट्टले १६७६ र नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले ६७३ मत ल्याएका छन्।

कैलाली क्षेत्र नम्बर ५ मा पनि रास्वपा फराकिलो मतान्तरले अगाडि छ। रास्वपाका आनन्द बहादुर चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाह उनीभन्दा ७,७१७ मतले पछाडि छन्।

चन्दले १९९४० मत प्राप्त गर्दा शाहले ४२२३ मत ल्याएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले २५५६, नेकपा एमालेका यज्ञराज ढुङ्गानाले २४८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ६२१ मत प्राप्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस