बाजुरामा सात बजेबाट मतगणना सुरु हुने

द एभरेष्ट पोष्ट
२२ फागुन २०८२ १७:३९
बाजुरामा सात बजेबाट मतगणना सुरु हुने

बाजुरा, फागुन २२ गते । बाजुरामा आज बेलुकी सात बजेबाट मतगणना हुने भएको छ । दिउँसो बसेको सवैदलीय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । यहाँका दुर्गम मतादन केन्द्रका मतपेटिका ल्याउन ढिलाई भएपछि यहाँको मतगणना पनि ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत संजिव पोखरेलले, “अहिले सबै मतपेटिका मार्तडीमा पुगिसकेपछि दिउँसो तीन बजे यहाँको सर्वदलिय सर्वपक्षीय  बैठक बसेर राती सात बजे देखि मतगणना गर्ने निर्णय भएको बताए ।

उनले भने, “बाजुरामा ४६ हजार २३२ मत खसेको छ । यसमा पुरुष २१ ८५७ र महिला२४ हजार ३७५ जनाले मतदान गरेको छन् । प्रतिशतमा  ५२।६३ मत खसेको छ।”

नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही गरी आठ जना चुनावी मैदानमा रहेको पोखरेलले बताए।

२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता ८३ हजार ५६७ मध्ये प्रतिनिधी सभातर्फ साठी हजार १५२ मत खसेको थियो । अर्थात ६१ दशमलव ६३ प्रतिशत मत खसेको थियो ।

त्यो बेला नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे पहिलो र एमालेका कर्णबहादुर थापा दोस्रो भएको थिए ।  पाण्डेको ३१ हजार ७८९ मत र एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस