कैलाली –१ रास्वपाकी कोमल ज्ञवालीको अग्रता
कैलाली। कैलाली –१ मा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले सुरुवाती अग्रता लिएकी छिन्।
ज्ञवालीले ४६३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार फागु राम थारुले कडा टक्कर दिइरहेका छन्। थारुले ४०५ मत प्राप्त गरेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरी ३६९ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपाने १२३ मत सहित चौथो स्थानमा खुम्चिएका छन्। सुरुवाती चरणमा भने यहाँ कांग्रेसका चौधरीले अग्रता लिएका थिए।
