डोटीमा ११ बजेदेखि मतगणना हुने
डोटी : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएसंगै डोटीमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना हुने निर्णय गरेको हो।
जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन भएसंगै मतगणनाको प्रक्रिया सुरू गर्न लागिएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले बताए।
डोटीमा जम्मा ४०.८८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभरी ५२ हजार चार सय ८५ मत खसेको छ ।
महिलाको ३१ हजार नौ सय दुई मत र पुरूषको २० हजार पाँच सय ८३ मत गरि जम्मा ५२ हजार चार सय ८५ मत खसेको जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तले जानकारी दिएका छन्।
