भक्तपुर–२ मा महेश बस्नेतलाई दोब्बर मतान्तरले पछि पार्दै खत्रीको अग्रता

द एभरेष्ट पोष्ट
२२ फागुन २०८२ ९:५९
भक्तपुर–२ मा महेश बस्नेतलाई दोब्बर मतान्तरले पछि पार्दै खत्रीको अग्रता

भक्तपुर:  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले फराकिलो अग्रता लिएका छन्। हालसम्मको मत परिणाम अनुसार खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई दोब्बर मतान्तरले पछि पारेका छन्।

रास्वपा उम्मेदवार खत्रीले दोब्बर मत ३ हजार ६० ल्याउँदा उनलाई नेकपा एमालेका महेश बस्नेतले १५ सय ७३ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेस ४ सय ८४ मतसहित तेस्रो स्थानमा हुँदा नेमकिपाले १ सय ६१ मतसहीत चौथो स्थानमा रहेको छ । अन्य उम्मेदवारले तीन अङ्कको नतिजा ल्याउन सकेका छैनन् ।

५ हजार ७ सय ९ मत गणाना गर्दा यो नतिजा आएको हो । यहाँ कूल ७२ हजार ५ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस