रुकुम पूर्वमा प्रचण्डको अग्रता
काठमाडौँ, २२ फागुन ।
रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
दाहालले एक हजार १४१५ मत ल्याएका छन्। उनलाई पछ्याईरहेका नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छिन्।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा १७६ मत ल्याएर चौथो स्थानमा रहेका छन्।
