दिउँसो ४ बजेसम्म झापामा करिब ६० प्रतिशत मत खस्यो, मोरङ ५२ प्रतिशत
विराटनगर । झापामा ४ बजेसम्ममा ५९ दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबै भन्दै बढी झापा ५ मा मत खसेको छ । झापा ५ मा ६१ प्रतिशत भन्दा बढिले मतदान गरेका छन् ।
झापामा ७ लाख १३ हजार ५३७ मतादाता रहेका छन् । ४ बजे सम्ममा ४ लाख २५ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि मतदान स्थलमा मतदाताहरू लाइनमा रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ बजे सम्ममा ५२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१ं।९४ प्रतिशत मत खसेको हो ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन् । जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरू छन् । मतदानको साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
सुनसरीमा भने अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
