डडेल्धुरामा ४४ प्रतिशत मत खस्यो
डडेल्धुरा- एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा मतदान जारी छ । ४ बजेसम्म ४४.२ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
२२ हजार ४८५ महिला र १८ हजार ८८३ पुरुषले मतदान गरेका छन् । जिल्लामा ९३ हजार ४०३ मतदाता छन् ।
