बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खस्यो
बैतडी : बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १२ः३० बजेसम्म २८,१४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
