बाजुरामा शान्तिपूर्ण रुपमा मतदान जारी, २४ हजार मत खस्यो
बाजुरा -बाजुरामा अहिलेसम्म २७ प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलकाअनुसार १२ बजेसम्म जिल्लाभर २४ हजार बढी अर्थात २७ प्रतिशत मत खसेको हो ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा जिल्लाभरका एक सय १८ वटै मतदान केन्द्रमा मतदान जारी छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका सबै मतदान केन्द्रमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको र सुरक्षा व्यवस्था समेत कडा पारिएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा कूल ८७ हजार ८६१ मतदाता रहेका छन् ।
