टी–२० विश्वकपः भारत र जिम्बाब्वे भिड्दै, हार्ने टोली बाहिरिने

द एभरेष्ट पोष्ट
१४ फागुन २०८२ १६:४३
टी–२० विश्वकपः भारत र जिम्बाब्वे भिड्दै, हार्ने टोली बाहिरिने

काठ्माण्डौ- टी–२० विश्वकपको आठौं सुपर–८ खेलमा आज भारत र जिम्बाब्वे भिड्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।

आजको यो खेल दुवै टोलीका लागि गर या मरको खेल हो । यसमा हार्ने टोली सेमिफाइनल दौडबाट बाहिरिनेछ भने जित्ने टोलीसँग मौका हुनेछ । यस्तै, आजको पहिलो खेल वेस्ट इन्डिजले जितेमा यी दुई टोलीलाई अघिल्लो चरणमा जान कठिन हुनेछ ।

सुपर ८ चरणमा भारत र जिम्बाब्वे दुवै टोलीको सुरुवात खराब रह्यो। भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भयो भने जिम्बाब्वे वेस्ट इन्डिजसँग १०७ रनले हार बेहोर्यो।

जिम्बाब्वेविरुद्ध भारत बलियो

भारत र जिम्बाब्वेले अहिलेसम्म १३ वटा टी–२० खेल खेलेका छन् । जसमा भारतले १० वटा खेल जितेको छ भने जिम्बाब्वेले केवल तीन वटा मात्र जितेको छ । यी दुई टोली यसअघि २०२२ मा भएको टी–२० विश्वकपमा भेटेका थिए । जतिबेला  भारतले जित हासिल गरेको थियो।

सूर्यकुमार यादव भारतका सर्वाधिक रन स्कोरर

जारी प्रतियोगितामा कप्तान सूर्यकुमार यादवले भारतको  लागि सर्वाधिक रन बनाएका छन् । उनले १८० रन बनाएका छन् । बलिङमा वरुण चक्रवर्तीले सर्वाधिक विकेट लिएका छन् ।

बेनेट न्युजिल्याण्डका सर्वाधिक रन स्कोरर

जारी प्रतियोगितामा जिम्बाब्वेका ब्रायन बेनेटले सर्वाधिक रन बनाएका छन् । उनले ८२ रन बनाएका छन् । यस्तै, ब्लेसिङ मुजाराबानी ११ विकेटका साथ टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

यस्तै, जिम्बाब्वेका सिकन्दर रजा टी–२० अन्तर्राष्ट्रियमा ३००० रन बनाउने पहिलो जिम्बाब्वेली ब्याट्सम्यान बन्नबाट १५ रन टाढा छन् । त्यसैगरी रायन बर्लले पनि ५७ रन बनाए २००० रन पुरा गर्नेछन् ।

जिम्बाब्वेले भारतमा भारतविरुद्ध कहिल्यै टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन ।  टोलीले भारतमा २४ अन्तर्राष्ट्रिय खेल खेलेको छ ।जसमा १९ एकदिवसीय र पाँच टेस्ट समावेश छन्।

पिच रिपोर्ट  

चेपकको पिच सामान्यतया ढिलो र स्पिनर–मैत्री मानिन्छ। जारी विश्वकपमा अहिलेसम्म यहाँ छ खेलहरू खेलिएका छन् । जसमा १७०ं माथिको स्कोर बनेको छ ।

यहाँ अहिलेसम्म नौ वटा टी–२० खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गर्ने टोलीले चार खेल जितेको छ भने पछ्याउने टोलीले पाँच खेल जितेको छ।

दुबै टोलीका लागि सम्भावित प्लेइङ–११

भारतः इशान किशन (विकेटकीपर), अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, हार्दिक पाण्ड्या, शिवम दुबे, वाशिंगटन सुन्दर, वरुण चक्रवर्ती, अर्शदीप सिंह, जसप्रित बुमराह।

जिम्बाब्वेः ब्रायन बेनेट, तादिवानासे मारुमानी, सिकन्दर रजा (कप्तान), रायन बर्ल, डियोन मायर्स, तासिंगा मुसेकिवा, रिचर्ड नगाराभा, ब्राड इभान्स, टोनी मुन्योंगा, ग्रीम क्रेमर, ब्लेसिङ मुजरबानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस