नेपाली महिला फुटबल टिमले फिफा अन्तर्राष्ट्रिय विन्डोमा सिरिज खेल्ने
काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल फेडेरेसन-फिफा) विन्डो २०२६ अन्तर्गत नेपालले ४ देश सम्मेलित सिरिज खेल्ने भएको छ। थाइल्यान्डमा हुने यस सिरिजमा नेपालले २ खेल खेल्नेछ। यो खेल थाइल्यान्डको रात्चाबुरी स्टेडियममा हुनेछ।
नेपालले कंगो, थाइल्यान्ड र ओसियानासँग सिरिज खेल्ने टुंगो लागेको छ। एक देशसँग टुंगो लाग्न बाँकी छ।
नेपालले अप्रिल १२ मा पहिलो खेल कंगोसँग खेल्नेछ। नेपालले दोस्रो खेल अप्रिल १५ मा खेल्नेछ। प्रतिस्पर्धी भने पहिलो खेलको नतिजामा भर पर्छ। पहिलो खेल जितेको खण्डमा दोस्रो खेलको विजेता टोलीसँग खेल्नेछ।
हारेको खण्डमा दोस्रो खेल हार्ने टिमसँग नेपालले खेल्नेछ। फिफाले सार्वजनिक गरेको विन्डोको खेल तालिकामा नेपालको पुरुष टोलीको भने कुनै पनि खेल समावेश गरिएको छैन।
