श्रीलंकालाई इङ्ल्याण्डको १४७ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १७:२६
श्रीलंकालाई इङ्ल्याण्डको १४७ रनको लक्ष्य

पेल्लेकेले– टी२० विश्वकप अन्तर्गत सुपर एटको दोस्रो खेलमा इङ्ल्याण्डले श्रीलंकालाई जीतका लागि १४७ रनको लक्ष्य दिएको छ । श्रीलंकाले उत्कृष्ट बलिङ गरेपछि इङ्ल्याण्डको टीमले २० ओभरमा ९ विकेट गुमाएर १४६ रनमात्र बनाउन सफल भएको हो ।

आजको खेलमा इङ्ल्याण्डलाई सामान्य रनमा रोक्नका लागि श्रीलंकाका बलरहरुले धारिलो बलिङ गरे । श्रीलंकाका लागि दुनिथ वेलालगेले चार ओभर बलिङ गर्दै २६ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै दिलसन मदुशंका तथा मशीष तिक्षणाले समान दुई विकेट लिए भने दुगमान्था मचीराले एक विकेट लिए ।

इङ्ल्याण्डका लागि ओपरन फिल साल्टले विष्फोटक ब्याटिङ गरे । उनले ४० बलमा दुई छक्का तथा छ चौकाको सहयोगले सर्वाधिक ६२ रन बनाए । यद्यपि, उनी बाहेक अन्य खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । विल ज्याक्सले १४ बलमा २१ रन तथा कप्तान ह्यारी ब्रुकले ७ बलमा १४ रन बनाउन, साम करणले ११ बलमा ११ रन तथा जेमी ओभरटनले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकले रन बनाएन सकेनन् । अब यो खेल जितन श्रीलंकाले २) ओभरमा १४७ रन बनाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस