टी–२० विश्वकपमा शतक बनाउने कान्छा खेलाडी बने क्यानडाका युवराज

द एभरेष्ट पोष्ट
५ फागुन २०८२ १३:३८
टी–२० विश्वकपमा शतक बनाउने कान्छा खेलाडी बने क्यानडाका युवराज

काठमाण्डाै- क्यानडाका युवराज सम्रा आईसीसी टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

टी–२० विश्वकपमा समूह ‘डी’ मा न्युजिल्यान्डसँगको आजको खेलमा युवराजले १९ वर्ष १४१ दिनको उमेरमा शतक बनाएर कीर्तिमान कायम गरेका हुन् । उनी ६५ बलमा ६ छक्का र ११ चौका प्रहर गर्दै ११० रन बनाएर आउट भए ।

यसअघि सन् २०१४ मा बङ्गलादेशसँगको खेलमा पाकिस्तानका अहमद शेहजादले २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए ।

युवराज सम्रा टी–२० विश्वकपमा एसोसिएट राष्ट्रबाट शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् ।

याे खेलमा क्यानडाले न्युजिल्यान्डलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । अहिले न्युजिल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस