तीन दिनमा ५२ हजार ७०० रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।
आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला १३ हजार चार सय रूपैयाँ घटेको हो।
सोमबार सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आइतबार तोलामा पाँच हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
