आइसीसी महिला टी-२० विश्वकप: नेपालले टस जितेर बलिङ गर्ने
काठमाडौं- आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले जिम्बावेविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्।
आज नेपालको प्लेइङ ११ मा १ परिवर्तन गरिएको छ। नेपालको टिममा काजल श्रेष्ठ बेन्चमा हुँदा उनको स्थानमा रोमा थापाले प्लेइङ ११ मा मौका बनाएकी छिन्।
नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
यो नेपालको तेस्रो खेल हो।
नेपालको प्लेइङ ११ः
इन्दु बर्मा(कप्तान), पुजा महतो(उपकप्तान), बिन्दु रावल, सम्झना खड्का कविता जोशी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर, रिया शर्मा, रोमा थापा र सुमन विष्ट
