सुदूरपश्चिममा नेपाली काँग्रेसका संभावित उम्मेदवारहरु (कहाँ कसले टिकट पाउदैछन् ? विस्तृतमा)

द एभरेष्ट पोष्ट
६ माघ २०८२ ८:३०
सुदूरपश्चिममा नेपाली काँग्रेसका संभावित उम्मेदवारहरु (कहाँ कसले टिकट पाउदैछन् ? विस्तृतमा)

धनगढी, ५ माघ ।
नेपाली काँग्रेसले सुदूरपश्चिमका अधिकांश जिल्लाका उम्मेदवारहरु तय गरेको छ । यद्दपि ती नाममा अन्तिम मोहर भने आज साँझसम्म लाग्ने छ ।

काँग्रेसले कैलाली क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा बिजय स्वाँर, ३ मा भीम बडुवाल, ४ मा बीर बहादुर बलायर र ५ मा नर नारायण शाहले टिकट दिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा गोपी उपाध्यायले टिकट पाउने निश्चित जस्तै छ । २ र ३ मा एनपी साँउद र रमेश लेखकलाई पर्खिरहेको काँग्रेसले २ मा साँउद सम्पर्कमा नआए लेखराज जोशीले टिकट पाउने संभावना छ ।

बाजुरामा जनक गिरी, बैतडीमा चतुर बहादुर चन्द, बझाङमा प्रकाश स्नेही रसाईली र डोटीमा भरत खड्काले टिकट पाउने निश्चित छ ।

अछाम १ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाहलाई टिकट दिएको छ ।

काँग्रेसले डडेल्धुरामा निवर्तमान सभापति शेर बहादुर देउवालाई उम्मेदवार बनाउने भएको छ । देउवाले असमहती जाहेर गरेमा भने अन्य आकांक्षीहरुका विषयमा छलफल गरिने स्रोतले बतायो ।

दिलेन्द्र बडुले चुनाव नलड्ने घोषणा गरेका कारण दार्चुलामा नयाँ अनुहारले टिकट पाउने संभावना छ ।

स्रोतले आज साँझसम्म देशभरीका उम्मेदवारहरुको टुंगो लागी सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस