सुदूरपश्चिममा एमालेबाट कसकसले पाए टिकट ?

द एभरेष्ट पोष्ट
४ माघ २०८२ २२:३१
सुदूरपश्चिममा एमालेबाट कसकसले पाए टिकट ?

धनगढी, ३ माघ ।
नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गानालाई टिकट दिएको छ ।

त्यस्तै नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह, ३ मा दीपक भट्टलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा, २ मा यज्ञ बोगटीले टिकट पाएका छन् । बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही लड्ने भएका छन् । बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेशसिंह ठगुन्नाले टिकट पाएका छन् ।

गत निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट जितेका तारा लामा तामाङ यो पटक उम्मेदवारको सूचीमा परेनन् । उनी कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमा जित्ने एमालेका एक्ला उम्मेदवार थिए । उनको ठाउँमा कमला बोहराले टिकट पाएकी छन् ।

पटक पटक मन्त्री बन्ने अवसर पाएका सुदूरपश्चिमको पहाडी जिल्लाबाट सधै टिकट पाउने एक जना भाग्यमानी दामोदर भण्डारी हुन् ।

त्यस्तै २०७४ मा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. आरजु राणा देउवालाई पराजित गरेका नारद मुनी राना पनि उम्मेदवारको सूचिमा अटाएनन् । यस पटक ओलीको रोजाईमा कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना परेका छन् । उनले कैलाली क्षेत्र नम्बर ५ को टिकट पाएका छन् ।

डोटीबाट आकांक्षी रहेका चक्र मल्ल पनि त्यो सूचिमा परेनन् । बझाङबाट सिफारिस भएको ऐन महर आउट हुदा जिल्लाबाट सिफारिस नै नभएका अफिलाल ओखेडा ईन भए ।

यस पटक सुदूरपश्चिमबाट कर्ण थापा, झपट रावल, र नरबहादुर धामी पनि टिकटबाट बञ्चित भए । कुनै समय ओलीका विश्वास पात्र मानिने थापा यस पटक टिकटबाटै बञ्चित भए । उनी ओलीसंगको सम्बन्धमा तिक्तता आएपछि टिकटबाट बञ्चित भएका हुन् । बाजुराबाट बिगतमा जितेका थापा मात्र होईन, कैलालीको २ नम्बरबाट जितेका रावल र कञ्चनपुर २ बाट जितेका धामी पनि टिकटबाट बञ्चित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस