इरानले प्रदर्शनकारीलाई मृत्युदण्ड दिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

द एभरेष्ट पोष्ट
१ माघ २०८२ १३:३८
इरानले प्रदर्शनकारीलाई मृत्युदण्ड दिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दियो भने अमेरिकाले त्यसविरुद्ध कडा कारबाही गर्ने बताएका छन्। गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सुल्तानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिन लागेको बीबीसीलाई बताएका छन्।

इरफान सुल्तानीलाई गत जनवरी ८ मा तेहरान नजिकको कराज क्षेत्रबाट पक्राउ गरिएको थियो। उनीमाथि अली खामेनेईविरुद्ध प्रदर्शन गरेको आरोप लगाइएको छ।

हेङ्गो अर्गनाइजेसन फर ह्युमन राइट्सका एक प्रतिनिधिले पनि बीबीसीलाई भनेका छन् कि यति छिटो मुद्दा कार्यान्वयन भएको आफूहरूले कहिल्यै देखेका थिएनन्।

बीबीसीको अमेरिका सम्बद्ध समाचार संस्था सीबीएस न्यूजसँग कुरा गर्दै ट्रम्पले सम्भावित मृत्युदण्डको बारेमा भनेका छन् ,’ यदि उनीहरूले मृत्युदण्ड दिए भने तपाईंले केही कुराहरू देख्नुहुनेछ। कडा कारबाही गर्नेछौं।’

सोल्तानीका आफन्तले बीबीसी फारसीलाई बताएअनुसार इरानी अदालतले मुद्दा पक्रिया अघि बढेको दुई दिनभित्र मृत्युदण्डको सजाय सुनाएको छ।

हेङ्गावका प्रतिनिधि अवैर शेखीले यो मुद्दाले इरानी सरकारले जनतालाई दबाउन र डर जगाउन बल प्रयोग गरिरहेको बताएका छन्। इरानमा डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। मानव अधिकार संगठनहरूले यी प्रदर्शनहरूमा हजारौंको मृत्यु भएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस