सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता

द एभरेष्ट पोष्ट
२३ पुष २०८२ १४:५८
सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता

कैलाली। राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।

भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका खम्मबहादुर खातीले भने अन्यमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस