कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

द एभरेष्ट पोष्ट
२३ पुष २०८२ १२:२१
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा,मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाता उम्मेदवार बनेका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ। जसअनुसार कांग्रेसले ९ सिट र एमालेले ८ सिट पाएका छन्। सिट संख्यामा सहमति जुट्न नसकेपछि माओवादी भने राष्ट्रिय सभा गठबन्धनबाट बाहिरिएको छ।

उम्मेदवारहरूले आजै उम्मेदवारी दर्ता गराउँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस