सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

द एभरेष्ट पोष्ट
२१ पुष २०८२ १३:१८
सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेको छ । चाँदी आज १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस