निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

द एभरेष्ट पोष्ट
१३ पुष २०८२ १४:२०
निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो । यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।

‘पहिला सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो अहिले कारबाहीको मोडलमा छ’, कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘कार्यान्वयनको सवालमा पहिला जस्तै ५०,५५ दिनअघिबाट लागु हुन्छ ।’

उनले आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस