जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

द एभरेष्ट पोष्ट
११ पुष २०८२ १५:०१
जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

 काठ्माण्डौ- सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गर्ने आदेश दिएको हो।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्व अभिव्यक्तिका कारण उनको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। जसमा पूर्व एआइजी विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी पनि सदस्य छन्।

तर, इजलासले केही निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको सर्वोच्च स्रोतले बतायो। यसअघि कात्तिक ९ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस