शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘इमर्जिङ प्लेयर’ शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
एसपीए कलेजले उनलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्दै खेलकुद र शिक्षालाई जोड्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
कलेजले पछिल्लो दुई दशकदेखि नेपाली क्रिकेटको विकासमा योगदान दिँदै आएको छ। यस अवधिमा कलेजले ठूला प्रतियोगिता आयोजना गर्नुका साथै दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको जनाएको छ।
शेर मल्लसँगको सहकार्यले नेपाली खेलकुद र युवा पुस्तालाई थप प्रेरणा मिल्ने विश्वास एसपीए कलेजले व्यक्त गरेको छ।
अघिल्लो शनिबार भएको एनपीएल २०२५ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै शेर मल्ल संवद्ध टोली लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
प्रतियोगितामा १० खेलमा १७ विकेट लिएका शेर मल्ल संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
