टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

द एभरेष्ट पोष्ट
२ पुष २०८२ १२:४१
टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

काठ्माणडौ- आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ।

जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ।

यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्।

ट्रफीलाई आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिनेछ।
टी–२० विश्वकपको दशौं संस्करणमा २० टिमले भाग लिँदैछन्। २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।

प्रतियोगिताका मैदानहरूम नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता), आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोर्ट्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन्।

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा  (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। तेस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र तेस्रो खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ। नेपालका सबै खेलाडी मुम्बईको वाङखाडे रंगशालामा हुनेछन्।

नेपाल रहेको समूह सी 
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

समूह विभाजन
•    समूह ए : भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान
•    समूह बी : अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान
•    समूह सी : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
•    समूह डी : दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानाडा, यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस