एनपीएल–२ फाइनलः उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८२ १७:१५
एनपीएल–२ फाइनलः उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस