अमेरिकी राष्ट्रपति ट्रम्पले गरे गोल्ड कार्ड आप्रवासन भिसा सार्वजनिक

द एभरेष्ट पोष्ट
२६ मंसिर २०८२ १३:४५
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे गोल्ड कार्ड आप्रवासन भिसा सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गरेका छन्  । जसका लागि कम्तीमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाले आप्रवासन भिसा दिनेछ ।

ट्रम्पले हिजो आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गोल्ड कार्ड सबै योग्य मानिसका लागि अमेरिका प्रवेशको सहज बाटो हुने उल्लेख गरेका छन्  ।

यसै वर्षको शुरूआतमा ट्रम्पले गोल्ड कार्डको घोषणा गरेका थिए । आधिकारिक वेबसाइटका अनुसार यो भिसा अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्याउने व्यक्तिलाई दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

थाईल्याण्डमा संसद विघटन

२७ मंसिर २०८२ १३:१५

खोज्नुहोस