प्रधानमन्त्री र एमाले नेताहरूबीच बालुवाटारमा भेटवार्ता

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १७:०९
प्रधानमन्त्री र एमाले नेताहरूबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। अहिले उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएरहेको हो।

छलफलमा प्रधानमन्त्री कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि छन्। छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक राम रावल पनि सहभागी छन्।

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले दलहरूसँग छलफल गरिरहेका छन्। केही दिनअघि नेपाली कांग्रेसका केही नेताहरूसँग प्रधानमन्त्रीले कुराकानी गरेकी थिइन्।

फागुन २१ गते प्रतिनिधि सभा चुनाव तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस